धुमधामसाथ मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (फोटोफिचर)

डिसी नेपाल
२७ पुष २०७६ १३:२५

काठमाडौं। आइतबार २९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान सम्झेर मनाइएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा शोभायात्रासहित सिंहदरबार अगाडि रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेर मनाइएको हो।

१७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

माल्यार्पण कार्यक्रममा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम थियो । कारणवश उनी नआउने भएपछि सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई उपस्थित भएका थिए। कार्यक्रममा सर्वसाधारणको उपस्थिती बाक्लो थियो। पृथ्वीनारायण शाहको योगदान सम्झेर सर्वसाधारणले नारा लगाएर शाहको जयजयकार गरेका थिए।

साथै उनीहरुले सरकारसँग राष्ट्रिय एकता र हिन्दु राष्ट्रको माग गर्दै नारा लगाएका थिए। यस्तै दृष्यहरुलाई डिसी नेपालका पत्रकार कमल साउद र रमण मानन्धरले क्यामेरामा कैद गर्ने प्रयास गरेका छन्।

तस्बीर : कमल साउद/रमण मानन्धर

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *