१६ तस्वीरमा हेर्नुहोस् काठमाडौंमा हिउँदे झरीमा देखिए यस्ता दृश्य

डिसी नेपाल
४ माघ २०७६ १०:१२

काठमाडौं। चिसो बढाउनेगरी भएको हिउँदे झरी शनिबार रोकिएको छ । तैपनि आकाशबाट बादल हट्न नसकेका कारण घाम लाग्न सकेको छैन । घाम नलागेका कारण राजधानी काठमाडौंमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि परिरहेको वर्षा रोकिए पनि आंशिक बदली भने जारी नै रहने जनाएको छ ।

महाशाखाले आज दिउँसो देशको पश्चिमी भू्–भागमा सामान्य बदली रही बाँकी भू्–भागमा आंशिक बदली रहने जनाएको छ । पश्चिमी भू–भागका थोरै ठाउँमा हल्का हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली भई देशका एक दुई ठाउँमा हल्का हल्का पानी पर्ने सम्भावना छ । भोलि दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै ठाउँमा हलुका पानी पर्ने सम्भावना छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । डिसीनेपालकर्मी रमण मानन्धरको लेन्सबाट हेर्नुहोस् काठमाडौंमा वर्षापछिका दृश्य –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *