सामाजिक सुरक्षा कोषमा रोजगारदाताको चासो न्यून

डिसी नेपाल
५ माघ २०७६ १२:०४

काठमाडौं। सरकारको महत्वकांक्षी योजना साथ अघि सारेको सामाजिक सुरक्षा कोषमा रोजगारदाता चासो भने न्यून देखिएको छ। गत वर्ष साउन १ गतेदेखि कार्यान्वयनमा आएको सुरक्षा कोषले एक वर्ष पार गरीसक्दा पनि १.२७ प्रतिशत रोजगारदाता मात्र आवद्ध भएका छन्।

राष्ट्रिय आर्थिक गणना– २०१८ अनुसार नेपालमा ९ लाख २३ हजार ३५६ व्यवसायीक प्रतिष्ठान छन्। तर, हालसम्ममा कोषमा जम्मा ११ हजार ७४३ प्रतिष्ठान मात्र आवद्ध भएका छन्।

त्यस्तै दर्ता भएका प्रतिष्ठानमा काम गर्नेहरुको आधारमा हेर्ने हो भने जम्मा ४.०१ प्रतिशत कामदार मात्र कोषमा आवद्ध भएका छन्। राष्ट्रिय आर्थिक गणना अनुसार नेपालभर ३२ लाख २८ हजार ४ सय ५७ जना कुन न कुनै काममा आवघ भएका छन्।

तर कोषमा आएकाको संख्या भने १ लाख २९ हजार ७५८ योगदानकर्ता रहेका छन्। त्यस्तै ति योगदानकर्ताबाट अहिलेसम्म २५ करोड २५ लाख १० हजार ८८७ रुपैयाँ संकलन भएको कोषले जनाएको छ। कोषको योजनामा सामेल हुन जम्मा ६९ जिल्लाका रोजगारदाता कम्पनी आएका छन्।

कोषमा आवद्ध हुनका लागि सरकारका विभिन्न निकायहरुले आफू मातहतका संस्थाहरुलाई दवाव दिँदै आएका छन्। तर कोषबाट प्राप्त हुने लाभलाई कारण देखाएर संस्थाहरुले अटेरी गर्दै आएका छन्।

सरकारले निजी क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षाका साथै पेन्सनको व्यवस्था गर्ने अवधारणका साथ कोष संचालन गरेको हो। रोजगारदाता कम्पनीहरुले कोषमा आवद्ध भएपछि कामदारको तलवबाट ११ प्रतिशत र कम्पनीले २० प्रतिशत गरी ३१ प्रतिशत कोषमा दाखिला गर्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *