५ महिनामा बैंकले संकलन गरे साढे ३४ खर्व निक्षेप

डिसी नेपाल
५ माघ २०७६ १८:५७

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो। बैंकहरुले मंसिरसम्ममा कुल ३४ खर्व ७२ अर्व निक्षेप संकलन गरेका छन्।

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको आर्थिक प्रतिवेदन अनुसार २०७६ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.१ प्रतिशत, ३२.० प्रतिशत र ४९.१ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.४ प्रतिशत रहेको छ। २०७५ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो।

यसैगरी मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.२ प्रतिशतले बढेको थियो।

बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति धितोमा प्रवाह भएको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.० प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशत, ओभरड्राफ्ट कर्जा २.१ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ४.९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ७.८ प्रतिशत, रियल स्टेट कर्जा – व्यक्तिगत आवासीय घर कर्जा समेत ६.८ प्रतिशत र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *