एनएमबि बैंकद्धारा प्रदेश कार्यालय स्थापना

डिसी नेपाल
६ माघ २०७६ १०:३१

काठमाडौं । एनएमबि बैंकले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ । कार्यालयको बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले उद्घाटन गरे ।

सुदुर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र विकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवा पुर्‍याउन प्रदेश कार्यालयको स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए ।

बैंकको हाल देशभरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *