सातै प्रदेशमा यसरी भईरहेको छ राष्ट्रियसभाको निर्वाचन (फोटो फिचर)

डिसी नेपाल
९ माघ २०७६ १३:००

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा अहिले मतदान जारी छ । कूल सदस्य मध्ये १८ पदका लागि विहान १० बजेदेखि मतदान सुरु भएको हो।

 राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्ने क्रममा प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्ती।

वाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ।

गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख र उपप्रमुख ।

प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरलाई बनाईएको मतदानस्थलमा मतदान जारी छ ।

 गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ ।

यसैगरी प्रदेश नं ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थलमा मतदान भइरहेको छ ।

प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरु मतदान प्रक्रियामा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा मतदानमा सहभागी बन्दै प्रदेशसभा सदस्य विनोद केसी ।
प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरु मतदान प्रक्रियामा ।
प्रदेश नम्वर ५ का १२ जिल्लाका प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख उपप्रमुखहरु मतदान प्रक्रियामा ।
बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरु ।
बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदाताहरु ।
बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका सासद मतदान गर्दै ।
बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्दै ।

 

बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेले मतदान गर्ने क्रममा ।
बागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ जावलाखेल मतदान केन्द्रमा मतदान गर्न लामबद्ध मतदाताहरु ।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शङकर पोखरेल।
राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ का उपसभामुख कृष्णी थारु ।
प्रदेश ५ को दाङमा भइरहेको निर्वाचनमा मतदान गर्दै प्रदेश नं. ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत पोखरामा बिहीबार मतदान गर्दै स्याङजाको वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँण ।
पोखरामा बिहीबार मतदान केन्द्रमा राष्ट्रियसभा सदस्य उम्मेदवार एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँग भलाकुसारी गर्दै।
दाङमा जारी राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्दै प्रदेश नम्वर ५ का सभामुख पूर्णबहादुर घर्ती ।

सबै तस्बिर राष्ट्रिय समाचार समिति (रासस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *