आज यूके पाउण्ड बाहेक सबै देशको भाउ बढ्यो, कुन देशको विनिमयदर कति ?

डिसी नेपाल
११ माघ २०७६ ७:१०

काठमाडौं । आज माघ ११ गते शनिबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर उकालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको छ। शुक्रबारको तुलनामा डलरको भाउ १० पैसा बढेको हो ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ २५ पैसा रहेको छ। शुक्रबार यूरो १ सय २६ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९७ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ७६ पैसा रहेको छ। शुक्रबार पाउण्डको दर १ सय ४९ रुपैयाँ २७ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ २ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ४८ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *