सबै नागरिकले राज्यलाई कर तिर्नुपर्छः मन्त्री जम्कट्टेल

डिसी नेपाल
१२ माघ २०७६ ६:५८

हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सबै प्रकारका व्यवसाय गर्ने नागरिकले राज्यलाई कर तिर्नुपर्ने बताएका छन् । उनले कर तिर्दिन भन्नु सचेत नागरिकका लागि शोभनीय नहुने बताए ।

सरकारको नीतिअनुसार नारायणी यातायात व्यवसायी सङ्घद्वारा कम्पनी प्रालिमा रुपान्तरित पुरानो नारायणी यातायात प्रालिको प्रथम वार्षिक साधारणसभामा मन्त्री जम्कट्टेलले करको दरमा वा प्रक्रियामा असहमतिहरु भए राज्यसमक्ष वैधानिक तरिकाले प्रस्तुत गर्न अनुरोध गरे ।

जम्कट्टेलले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै सुधारोन्मुख भएको हुँदा सरकारले देखेका सपना यथार्थमा परिणत हुने दिन चाँडै आउने बताए ।

कार्यक्रमका वाग्मती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बाँनियाले यातायात व्यवसायीले राज्यको प्रचलित कानूनको अधिनमा रही गठन गरेका सङ्घसंस्थाप्रति सम्मानजनक व्यवहार गरिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललगायतले यातायात क्षेत्र राज्यको नियम कानूनको ख्याल गर्दै अगाडि बढ्नुपर्ने तथा सरकारले पनि यस क्षेत्रका अप्ठ्याराको पहिचान गरेर त्यसको समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *