अग्नि सापकोटाको सभामुख यात्राः संसद भित्र निर्विरोध, बाहिर विरोध

डिसी नेपाल
१२ माघ २०७६ १८:४२

काठमाडौं। सभामुखमा निर्वाचित भएपछि आइतबार संसद बैठकबाट बाहिरिँदै गर्दा मन्द मुस्कान दिएका अग्नि सापकोटालाई एक प्रश्नले मलिन अनुहार बनाउन बाध्य बनाइदियो।

मन्द मुस्कानका साथ पत्रकारहरुलाई सभामुखमा निर्वाचित भएपछि पहिलो प्रतिक्रिया दिन उभिएका सापकोटामाथि कार्भेका अर्जुन लामाको हत्या प्रकरणमा उनले सर्वोच्च अदालतमा खेपिरहेको मुद्दाबारे प्रश्न सोधियो, हर्षित उनको मुहारको भाव बदलियो। अनुहार मलिन भयो। त्यसपछि उनले यो विषयमा प्रतिक्रिया दिएनन्। ‘हैन हैन त्यो विषयमा पछि कुरा गारौंला’ भन्दै हिँडे।

लोकतान्त्रिक अभ्यास गर्ने सर्वोच्च निकायको प्रमुखमा निर्वाचित हुँदा हर्षित सापकोटालाई लामाको ‘भुत’ आइतबार पनि छाडेन।

संसद भित्र उनी निर्विरोध निर्वाचित हुँदैगर्दा उनले खेपेरिरहेको हत्या आरोपको प्रश्नले उनलाई पर्खिरहेकोमात्र थिएन, सडक आन्दोन पनि भइरहेको थियो।

सत्तारुढ दल नेकपाले गत साता उनलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै माइतघर मण्डलामा सापकोटालाई सभामुख नबाउन भन्दै अधिकारकर्मीहरुले आन्दोलन गरिरहेका छन्। आइतबार पनि उनीहरु आन्दोलन गरिरहेका थिए, तर सापकोटा निर्विरोध सभामुख निर्वाचित भए।

यतिमात्र होइन, आइतबार नै सापकोटालाई सभामुखमा निर्वाचित गर्नबाट रोक्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमाथि पनि सुनुवाई हुनेवाला थियो। तर, भएन। यसमा प्रधानन्यायधीशको ‘चलाखी’ र कानूनी दाउपेचले काम गरेको छ।

जानेर हो वा नजानेर सापकोटाको मुद्दा हर्न नैतिक हिसाबले नमिल्ले न्यायधीश हरि फुँयालको बेन्चमा सापकोटाको पेशी तोके प्रधानन्यायशीशक चोलेन्द्र शम्शेर राणाले। तर न्यायधीश फुँयालले आफूले सो मुद्दा हेर्न नमिल्ने बताएपछि आइतबार त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई भएन। अदालतले कुनै निर्णय दिनुपरेन। तर, सापकोटा सभामुख बन्नबाट रोकिएनन्।

सापकोटालाई निर्विरोध बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्र्रेसको निर्णाक भूमिका रह्यो। काँग्रेसले सभामुख जस्तो पद तथस्ट रहनुपर्ने भन्दै आफूले हार्ने निश्चित रहेकाले सभामुखमा उम्मेदवारी नदिने निर्णय लियो। जसका कारण सापकोटा निर्विरोध सभामुख निर्वाचित भए। तर, सापकोटामाथि लागेको आरोपको निरुपण भने भइसकेको छैन।

बरु सामाजिक सञ्जालमा एक स्केच तस्वीर भाइरल भइरहेको – संसद भित्र निर्विरोध, संसद बाहिर विरोध।

 




प्रतिक्रिया

One thought on “अग्नि सापकोटाको सभामुख यात्राः संसद भित्र निर्विरोध, बाहिर विरोध

  1. कमरेड , बाहुन त मुस्सलवान तीर मुन्टो जोतीसकेयो नाक मुख गाडिसकेयो त्यसैले बाहुन लाई बिस्वास गर्ने कुरो पनि भएन। (१) अत्यन्त जरुरी कुरो :- मुस्सलवान त नेपालको हुदैन। त्यसैले कति मुस्सलवान संग , नेपालको नागरिकता छ ? यो गोप्पीये रुपले पता लगाउने। (२) नेपालमा मुस्सलवान हुदैन भन्दा भन्दै , नेपाली नागरिकता मुस्सलवान संग ???? ” चोरीको नागरिकता हो चोरीको नागरिकता ” हो त्यो (३) मुस्सलवान ले , Video बनाएर हालेको रहिच ;- नेपालमा urdu भाषा भनेर। यो अत्ति भयो। नहुने नहुने काम गर्नी ??? (४) नेपाल लाइ , urdu भाषा किन चाहियो ? त्यसको saudi Arab लाइ किन नेपाली भाषा नचाहिएको ???? (5) नेपालको हित र बारम्बार सहयोग गर्ने देश America को बिरुद्धमा लागेको, बाहुन मुस्सलवान संग खून मिसौना गएको छ। तर नेपाल भन्ने देशमा बाहुन ले त्यस्तो गर्दा , अरुलाई नराम्रो असर परेयो।

Leave a Reply to kamred Cancel reply

Your email address will not be published. Required fields are marked *