डर्टमण्डको फराकिलो जित
एजेन्सी । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बर्लिनमाथि फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा बोरुसियाले बर्लिनलाई पाँच शुन्यले हरायो ।
बोरुसियाको जितमा हालान्डले दुई गोल गरे । एकतर्फि बनेको खेलको पहिलो हाफमा डर्टमन्डले दुई गोल गरे भने दोस्रो हाफमा तीन थप्यो । खेलको १३ औं मिनेटमा सान्चोको गोलमा बोरुसियाले अग्रता बनायो । त्यसपछि १८ औं मिनेटमा हालान्डले डर्टमन्डको अग्रता दुई शुन्यमा पुर्याए ।
पहिलो हाफमा दुई शुन्यको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफमा तीन गोल गर्यो । ६८ औं मिनेटमा मार्कुस रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमन्डको अन्तर तीन शुन्यमा पुर्याए ।
त्यसपछि ७० औं मिनेटमा विट्सेलले गोल गर्दै बोरुसियालाई चार शुन्यले अगाडी राखे । त्यसको ६ मिनेटपछि हालान्डले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे । यो जितसँगै बोरुसियाले २० खेलमा ३९ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ ।







डिसी नेपाल







Facebook Comment