अमेरिकाले ओमानलाई दियो २१४ रनको लक्ष्य

डिसी नेपाल
२३ माघ २०७६ १३:५७

काठमाडौं । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी आइसिसी वर्ल्डकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकाले ओमनसमक्ष २१४ रनको विजय लक्ष्य पेश गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाका अन्तिम बलमा अल आउट हुँदै २१३ रन बनायो। अमेरिकाका लागि इयान हल्यान्डले अर्धसतकीय पारी खेले। उनले सात चौका प्रहार गर्दै ६५ रन जोडे। त्यस्तै अक्षय होमराजले ४४ रन बनाए।

यता ओमनका लागि मोहम्मद नमीदले सर्वाधिक ३ विकेट लिए। त्यस्तै विलाल खान, जीशन मक्सूद र अकिब इल्यासले समान २ तथा कलीमुल्लाहले १ विकेट लिए। ़अहिले ओमन जवाफी ब्याटिङमा उत्रिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.