अख्तियारले भेदभावपूर्ण निर्णय गरेको भन्दै तरुण दलको विरोध प्रदर्शन (फोटो फिचर)

डिसी नेपाल
२६ माघ २०७६ १३:२२

काठमाण्डौ । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

माइतीघबाट सुरु भएको विरोध र्‍याली नयाँबानेश्वर पुगेर कोण सभामा परिणत भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्था विरोधमा उत्रिएका हुन्।

कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो । तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना लगायतका भातृ संगठनहरुका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि थिए । प्रदर्शनमा दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार जस्ता नाराहरु लगाइएका थिए । माउ पार्टी कांग्रेसले लगायता तेस्रो दिन संसद बैठक अवरुद्ध गरेको छ ।

फोटो : रमण मानन्धर


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *