१० तस्वीरमा हेर्नुहोस् राजधानीमा यसरी गरिएको छ प्रणय दिवसको तयारी

डिसी नेपाल
२ फागुन २०७६ ११:११

काठमाडौं। आज १४ फेब्रुअरीमा विश्वभर प्रणय दिवस मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ ।युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । आज काठमाडौंका विभिन्न सपिङ मलहरुमा भ्यालेन्टाइन डेको लागि विशेष तयारी गरिएको छ । तस्वीरमा हेर्नुहोस् राजधानीमा भ्यालेन्टाइन डेको तयारी –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *