गण्डकीका मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरामा मस्त !

डिसी नेपाल
४ फागुन २०७६ ८:५४

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नै कार्यकक्षमा मदिरा खाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा मूख्यमन्त्री गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्य मन्त्री कार्यालयमा नै मदिरा खाँदै गरेका छन् ।

भित्तामा राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बिर तथा राष्ट्रिय झण्डा राखिएको मूख्यमन्त्रीको टेबुलमै बसेर गुरुङले रेडलेबुल हुस्कीको चुस्की लिईरहेको देखिन्छ ।

नेकपाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले टेवलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो समेत बाहिरिएको छ ।

शनिबार एकाएक सामाजिक सञ्जालमा मुख्यमन्त्रीको भिडियो भाइरल भएसँगै उनको उनको व्यापक आलोचना भइरहेको छ ।




प्रतिक्रिया

One thought on “गण्डकीका मुख्यमन्त्री गुरुङ आफ्नै कार्यकक्षमा मदिरामा मस्त !

Leave a Reply to Shovit Rai Cancel reply

Your email address will not be published. Required fields are marked *