मन्त्री हुन नपाएपछि सांसद पदबाटै राजीनामा
काठमाडौं । सांसद दोर्ण कुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद कुँवरले मन्त्री बन्न नपाएको झोंकमा राजीनामा दिएको स्रोत बताउँछ ।
गण्डकी सरकारमा बुधबार मन्त्रिपरिषद हेरफेर हुँदा कुँवर पनि मन्त्री बन्ने प्रयासमा थिए । तर मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन नमानेपछि उनले राजीनामा दिएको कांग्रेसनिकट स्रोत बताउँछ । उनले रिसको झोंकमा दिएको राजीनामा फिर्ता गर्न सक्ने पनि स्रोतले बतायो ।
२०७९ को प्रदेश सभा निर्वाचनमा कुँवर बागलुङ– २ (ख)बाट सांसद निर्वाचित भएका थिए । गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार मुख्यमन्त्री बाहेक सबै मन्त्री हेरफेर भएका छन् ।
Facebook Comment
प्रतिक्रिया







डिसी नेपाल







Yesta pad ka lovi thug haru lai rajinam swikirt gari sadhai ko lagi bida gare hunchha, Yo tapere Desh ra janta ko lagi kam garna gayekai hoina vanne prust pramrit vaisakeko chha, kumlyaune niyet le samsad hune haru le Desh banauchha ? Never Yemale ra nepali congress lai here hunchha, 35 barsha samma ke garyo ? lotna paye samma lootne, ani kathmandu ma ghar thuprai gharedi sabai pariwar kai bank balance,thukka lootera haru