कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा इन्द्रजात्रा अवलोकन
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले इन्द्रजात्रा अवलोकन गरेका छन्।
शुक्रबार अपराह्न हनुमानढोका परिसर पुगेर उनले रथ दर्जाशन, जात्रा अवलोकन एवम् रथमा फूलमाला चढाएका हुन्।
हनुमानढोकास्थित गद्दीबैठकमा उपस्थित भएर उनले टीका ग्रहण गरेपछि गद्दीबैठकको बार्दलीबाट जात्रा अवलोकन गरे।
हनुमानढोका परिसरबाट सुरु भएको श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा दर्शन गर्दै कार्यवाहक प्रधानमन्त्री वाग्लेले रथमा फूलपाती र भेटी अर्पण गरेका थिए। सो क्रममा मन्त्रिपरिषद्का अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment