लगातारको वर्षाले चोभार गल्छीमा बढ्यो बागमतीको बहाब

डिसी नेपाल
९ असोज २०८३ १६:१६

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार बेलुकीदेखि जारी लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा पानीको जलसतह उल्लेख्य रूपमा बढेको छ। वर्षासँगै काठमाडौंको कीर्तिपुरस्थित चोभारको गल्छीमा बागमती नदीको बहाब तीव्र बनेको छ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ। जसअनुसार नैकापमा ५८.६ मिलिमिटर, गोदावरीमा ५५.८ मिलिमिटर, नागार्जुनमा ५४.८ मिलिमिटर र खोकनामा ५२.४ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी बूढानीलकण्ठ क्षेत्रमा ५१ मिलिमिटर, सुन्दरीजलमा ५०.४ मिलिमिटर र थानकोटमा ४९.२ मिलिमिटर वर्षा मापन गरिएको छ। उपत्यकाका जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले बागमतीसहित विष्णुमती, धोबीखोला, र मनोहरा लगायतका नदीहरूमा पानीको सतह बढ्दो क्रममा छ। खोला तथा नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *