२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा: २०५.२ मिलिमिटर पानी परेको मापन
काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न स्थानमध्ये पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा दर्ता भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १:१५ बजेसम्मको तथ्यांकअनुसार पाल्पाको अर्चले मापन केन्द्रमा २०५.२ मिलिमिटर वर्षा भएको हो।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले देशका अधिकांश भू-भागमा निरन्तर वर्षा भइरहेको छ।
अत्यधिक वर्षाका कारण विभिन्न नदी तथा खोलाहरूमा जलस्तर बढेको छ भने सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले २४ घण्टामा अन्य विभिन्न स्थानमा भएको वर्षाको विवरणसमेत सार्वजनिक गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment