बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध
बागलुङ। अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। अविरल वर्षापछि जिल्लाको निसीखोला-४ स्थित ठाडाखोलामा आएको लेदोसहितको बाढीका कारण आज साँझदेखि लोकमार्ग अवरुद्ध भएको हो।
निसीखोला गाउँपालिकाको अध्यक्ष सूर्य घर्तीमगरले लोकमार्गमा सानोखोलाबाट आएको बाढीले क्षति पुर्याएपछि आवागमन ठप्प भएको जानकारी दिए।
सडकको लेदो पन्छाउनका लागि सडक डिभिजन कार्यालय बागलुङ र मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयसँग समन्वय भए पनि निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उनले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment