केही समय फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरको अनुरोध

डिसी नेपाल
९ असोज २०८३ १८:३०

काठमाडौं । लगातारको अविरल वर्षाका कारण फोहोर ढुवानी तथा विसर्जनमा समस्या उत्पन्न भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घर, पसल तथा व्यवसायबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार ल्यान्डफिल साइट क्षेत्रमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहोर ढुवानी तथा विसर्जन कार्य प्रभावित भएको छ। वर्षाका कारण केही समय फोहोर संकलन र ढुवानी सहज नहुने भएकाले महानगरवासीलाई सम्भव भएसम्म फोहोर आफ्नै घर वा परिसरभित्रै सुरक्षित रूपमा राख्न आग्रह गरिएको छ।

महानगरपालिकाले सडक, चोक, सार्वजनिक स्थान, खेलमैदान, खोला–नाला तथा अन्य खुला ठाउँमा जथाभाबी फोहोर नफाल्न सख्त अनुरोध गरेको छ। साथै, घरमै कुहिने र नकुहिने फोहोर छुट्याएर सुरक्षित रूपमा राख्न भनिएको छ।

सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सवारी आवागमनमा बाधा पुग्नुका साथै वर्षाको पानी निकासमा समेत अवरोध सिर्जना भई ढल थुनिने जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ। वर्षा रोकिएर ल्यान्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन तथा ढुवानी सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *