नेपाल प्रज्ञा-प्रतिष्ठानमा बृहत् पुस्तक प्रदर्शनी सुरु, ४० प्रतिशतसम्म छुट पाइने

डिसी नेपाल
९ असोज २०८३ १९:००

काठमाडौं। पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्ध सुदृढ बनाउने उद्देश्यका साथ नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमा असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी-२०८३ सुरु भएको छ। प्रतिष्ठानका उपकुलपति अविनाश श्रेष्ठले एक समारोहका बीच प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपति श्रेष्ठले समाजको विकास र ज्ञान उत्पादनमा पुस्तकको भूमिका सधैँ जीवित रहने उल्लेख गर्दै यस्ता प्रदर्शनीले ज्ञानको प्रसारमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए।

आगामी असोज १८ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानका पुस्तकहरूमा पाठकहरूलाई ४० प्रतिशतसम्मको सहुलियत (छुट) दिइएको प्रतिष्ठानले जनाएको छ।

प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका साथै निजी प्रकाशन गृह र पुस्तक वितरकहरूका कक्ष (स्टल) रहेका छन्। साझा प्रकाशन, राष्ट्रिय अभिलेखालय, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, नेपालय, इन्डिगो इन्कलगायतका ख्यातिप्राप्त प्रकाशन गृहहरूको सहभागिता रहेको छ। सहभागी संस्था तथा प्रकाशन गृहहरूलाई प्रतिष्ठानले मापदण्डका आधारमा निःशुल्क स्टल उपलब्ध गराएको छ।

प्रदर्शनीमा भाषा, साहित्य, कला, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य र लोकसाहित्यका पुस्तकहरू प्रमुख आकर्षणका रूपमा बिक्री-वितरणका लागि राखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *