छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । स्याङ्जा, कैलाली र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
स्याङ्जाको भीरकोट नगरपालिका–१ करूङस्थित सडकमा बजादीबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तम सिंह गुरूङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरूङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा घाइते भएका जिप चालकको चरक मेमोरियल अस्पताल पोखरा र अन्य चार जना सवारको गण्डकी मेडिकल कलेज कास्कीमा उपचार भइरहेको छ।
यस्तै, कैलालीको टीकापुर नगरपालिका–१ स्थित सडकमा से ४ प ५४५९ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१–००९ प २१३७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा से ४ प ५४५९ नम्बरका मोटरसाइकल चालक ५५ वर्षीय सुरेन्द्र शाहको मृत्यु भएको छ।
बिहीबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएका शाहको न्युरो अस्पताल नेपालगन्जमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का मोटरसाइकल चालकको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment