देउवा समूहद्वारा देशभर केन्द्रीय प्रतिनिधि खटियो (सूचीसहित)

डिसी नेपाल
९ असोज २०८३ १५:४८

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले देशभर केन्द्रीय प्रतिनिधि खटाएको छ। आगामी २१ देखि २३ मंसिरसम्म आयोजना हुने महाधिवेशनलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले देउवा समूहले सातै प्रदेशका ५५ भन्दा बढी जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि तथा संयोजकहरूको जिम्मेवारी तोकेको हो।

महाधिवेशन तयारीका लागि गठित १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाका अनुसार आगामी १५ असोजदेखि वडा अधिवेशन प्रारम्भ हुँदैछ। तल्लो तहदेखि नै सांगठनिक पकड मजबुत बनाउने र अधिवेशन निष्पक्ष रूपमा सम्पन्न गराउने रणनीतिका साथ देउवा पक्षले मातहतका नेताहरूलाई जिल्ला-जिल्लामा खटाएको हो।

देउवा समूहले सार्वजनिक गरेको नामावली अनुसार कोशी प्रदेशका ताप्लेजुङमा प्रतापप्रकाश हङ्गाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार, झापामा कृष्ण हुमागाईं, संखुवासभामा दीपक खड्का, तेह्रथुममा केशव ढुंगाना, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा शुभराम बस्नेत, खोटाङमा सरस्वती बजिमय, ओखलढुंगामा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, मधेश प्रदेश अन्तर्गत अन्तरजिल्ला संयोजन मिलाउने गरी सप्तरीमा महोत्तरीकी मञ्जु यादव, सिराहामा पर्साका सन्तोष चौधरी, धनुषामा सर्लाहीका हरेशकुमार महतो, महोत्तरीमा सिराहाकी उष राउत, सर्लाहीमा रौतहटका सपुत कार्की, रौतहटमा सिराहाका मो. मोख्तार अहमद, बारामा सर्लाहीका रमेशकुमार निरौला र पर्सामा सर्लाहीकै सुरेन्द्र न्यौपानेलाई केन्द्रीय प्रतिनिधि बनाइएको छ।

बागमती प्रदेशका दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम), सिन्धुलीमा सरोजकुमार थापा, रसुवामा बालचन्द्र शर्मा, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुब अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाईं, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुर तथा ललितपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य र काठमाडौंमा कल्याणी रिजाल खटिएका छन्।

गण्डकी प्रदेशका गोरखामा पर्वता नवराज गुरूङ, लमजुङमा तनहुँका पुष्प पराजुली, तनहुँमा बागलुङका मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी र प्रा.डा. कृष्ण गौतम, मनाङमा नवलपुरकी सीता देवकोटा, मुस्ताङमा बागलुङका किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्रा.डा. राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषि काफ्ले, बागलुङमा जीत शेरचन तथा नवलपुरमा गुरू बरालले संयोजन गर्नेछन्।

लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा सुदिपनरसिंह राणा र बर्दियामा जग्गा पाण्डे खटिएका छन्।

कर्णाली प्रदेशका सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दिपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाहीलाई जिम्मेवारी तोकिएको छ भने रुकुम पश्चिमको प्रतिनिधि छिट्टै तोकिने जनाइएको छ।

सुदूरपश्चिम प्रदेशका बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन ताम्राकार, अछाममा कविराज पण्डित, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चिन्तामणि भट्ट, डडेल्धुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रूपमा जिम्मेवारी सुम्पिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *