एसियन गेम्सः अफगानिस्तानमाथि नेपालको प्रभावशाली जित

डिसी नेपाल
९ असोज २०८३ १३:५२

काठमाडौं । एसियन गेम्स अन्तर्गतको टी-२० क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा सन्दीप जोरा र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ सम्हाले। सुरुवाती ओपनर कुशल भुर्तेल (०) र आसिफ शेख (२) सस्तैमा आउट भएपछि नेपाल केही दबाबमा परेको थियो।

तर, सन्दीप जोराले ३५ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३४ रन र रोहित पौडेलले ३२ बलमा ४ चौका प्रहार गर्दै अविजित ३३ रन जोडेपछि नेपाल सहजै जिततर्फ अघि बढेको थियो। त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन र कुशल मल्लले ९ रनको योगदान दिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १९.६ ओभरमा १०२ रनमै अलआउट भएको थियो। अफगानिस्तानलाई सस्तैमा रोक्न नेपालका कुशल भुर्तेलले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएका थिए।

अफगानिस्तानका लागि फैसल खान अहमदजई र नाजिबुल्लाह जादरानले सर्वाधिक समान ३०-३० रन बनाएका थिए। अफगानिस्तानका बलर फरिदुन दाऊदजई, अब्दुल्लाह अहमदजई र अरब गुलले १-१ विकेट हात पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *