रुकुम पश्चिमकी जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको समयमै सफल उद्धार गरिएको छ।
मन्त्रालयका अनुसार आश्विन ८ गते रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ निवासी ३३ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप तथा विशेषज्ञ उपचारका लागि हवाई माध्यमबाट तत्काल सुर्खेत पुर्याइएको हो।
स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि ती महिलाको ज्यान जोखिममा पर्न नदिन मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुरक्षित रूपमा पायक पर्ने र सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याउने उद्देश्यले मन्त्रालयले यो नि:शुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरूको स्वास्थ्य अवस्था र आवश्यकतालाई प्राथमिकतामा राखी हवाई उद्धार गरी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment