पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात सेवा प्रभावित
बागमती। लगातार भइरहेको वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ।
मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका विभिन्न तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। वर्षा नरोकिएका कारण थप पहिरो खस्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी पहिरो हटाउने काम अघि बढाइने प्रहरीले जनाएको छ।
यसैबीच, मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह भने सामान्य अवस्थामा रहेको प्रहरी प्रमुख खत्रीले जानकारी दिएका छन्।
लगातारको वर्षाका कारण मकवानपुरका ग्रामीण तथा पहाडी सडकमा पहिरो र सडक अवरोधको जोखिम बढेकाले आवश्यक सावधानी अपनाउन तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment