पहिरो र पाती खोलाको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध, सवारीसाधन र यात्रु अलपत्र
गुल्मी। अविरल वर्षाका कारण पहिरो खस्नुका साथै खोलामा जलसतह बढेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी-पूर्तिघाट सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा आज बिहान ठूलो पहिरो खसेको छ। यस्तै, सोही गाउँपालिका–४ मा रहेको पाती खोलामा पानीको सतह अत्यधिक बढेपछि सो सडकखण्ड भएर चल्ने यातायात सेवा ठप्प भएको छ।
सडक अवरुद्ध भएपछि गुल्मी हुँदै बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ जाने-आउने सवारीसाधन तथा यात्रुहरू बीच बाटोमै रोकिएका छन्। हाल स्थानीय प्रशासन र सुरक्षा निकायको पहलमा पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment