खराब मौसम र कम भिजिबिलिटीका कारण हवाई उडान प्रभावित

डिसी नेपाल
९ असोज २०८३ १२:०४

काठमाडौं। निरन्तरको वर्षा र प्रतिकूल मौसमका कारण देशका विभिन्न विमानस्थलहरूमा हवाई उडान प्रभावित भएका छन्।

आकाश धुम्मिएर भिजिबिलिटी अपर्याप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू प्रभावित बनेका हुन्। मौसमका कारण उडान ढिलाइ र रद्द हुने क्रम बढेपछि विमानस्थलहरूमा यात्रुको चाप र प्रतीक्षा अत्यधिक बढेको छ।

विशेष गरी पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा भिजिबिलिटी नपुगेका कारण उडानहरू सञ्चालन हुन सकेका छैनन्। मौसममा सुधार नआएसम्म ती गन्तव्यहरूका लागि हवाई सेवा अवरुद्ध नै रहने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *