सउदी अरबमाथि ६ वटा ब्यालिस्टिक मिसाइल प्रहार
काठमाडौं । सउदी अरबमाथि बिहीबार हूती विद्रोहीहरूले पुनः ठूलो आक्रमण गरेका छन्। सउदी अरबका सैन्य प्रवक्ताले यान्बु पोर्ट र ताइफ शहरलाई निशाना बनाएर हूती विद्रोहीहरूले ६ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेका छन्।
सउदी अरबका सैन्य प्रवक्ताले बिहीबार दिएको जानकारी अनुसार रातो सागरमा अवस्थित सउदी अरबको यान्बु बन्दरगाह र दक्षिण-पश्चिम शहर ताइफलाई निशाना बनाएर प्रहार गरिएका छ वटा बलिस्टिक मिसाइललाई आकाशमै निष्क्रिय (इन्टरसेप्ट) पारिएको छ। उनले यसका लागि छिमेकी मुलुक यमनमा रहेका इरान समर्थित हूती विद्रोहीहरूलाई जिम्मेवार ठहराएका छन्। यमनमा हूती विद्रोहीहरू रातो सागरतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
पछि हूती विद्रोहीहरूले सउदी अरबको दक्षिण-पश्चिमी जाजान प्रान्तमा दर्जनाौँ बलिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरे। हालैका दिनहरूमा उनीहरूमाथि सउदी अरबमाथि आक्रमणको प्रयास गरेको आरोप लगाइएको छ, जसमा सउदी अरबको राजधानी रियादमाथिको आक्रमणको प्रयास पनि समावेश छ।
हूतीहरूविरुद्ध लडिरहेको सउदी नेतृत्वको गठबन्धनका प्रवक्ता एवं सउदी मेजर जनरल टर्की अल-माल्कीको यो भनाइ सउदी नागरिक सुरक्षा अधिकारीहरूको चेतावनीपछि आएको हो; अधिकारीहरूले पछि खतरा टरेको बताएका थिए।
रातो सागरको महत्त्वपूर्ण सिपिङ करिडोर नजिक भइरहेको लडाइँले विश्वव्यापी बजारको चिन्ता बढाएको छ, किनकि हूतीहरूले इरानको समर्थनमा विश्वकै ठूलो तेल निर्यातकर्ता देश सउदी अरबको घेराबन्दी गरिरहेका छन्।
यी आक्रमणहरू यस्तो समयमा भएका हुन्, जब यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार संयुक्त राष्ट्रसङ्घमा विश्व नेताहरूको वार्षिक बैठकलाई सम्बोधन गर्ने तयारीमा थियो।
अरब विश्वको सबैभन्दा गरिब देश यमनको स्थिति गम्भीर छ, किनकि मध्यपूर्वका दुई शक्ति राष्ट्र इरान र सउदी अरबको समर्थनमा भइरहेको लडाइँले यमनलाई चार वर्षको अपेक्षकृत शान्तिपछि पुनः गृहयुद्धमा धकेलिदिएको छ। मानवीय सङ्कट बढ्दै जाँदा १ लाख २५ हजारभन्दा बढी मानिसहरू लडाइँका कारण विस्थापित भइसकेका छन्।
सउदी अरबले आफ्ना सहयोगी राष्ट्रहरूसँग सैन्य सहयोग मागेको भए पनि उसको मुख्य सहयोगी अमेरिकाले आफू हूतीहरूको सम्पर्कमा रहेको र यो लडाइँबाट टाढै रहने सङ्केत गरेको छ।
सउदीले पाकिस्तान र टर्कीसँग ‘मक्का प्याक्ट’ मा पनि हस्ताक्षर गरेको थियो, तर दुवै देशले अहिलेसम्म मक्का प्याक्टका नाममा कुनै पनि सक्रिय सहयोग उपलब्ध गराएका छैनन्।
विद्रोही समूहको भनाइ अनुसार उनीहरूले केवल सउदी अरबलाई मात्र निशाना बनाइरहेका छन् र रातो सागरमा व्यापारिक जहाज सञ्चालन (कमर्सियल सिपिङ) मा कुनै खतरा छैन, तर उनीहरूले अन्य देशहरूलाई यसमा संलग्न नहुन चेतावनी पनि दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment