एसियन गेम्सः अफगानिस्तानले नेपाललाई दियो १०३ रनको सामान्य लक्ष्य
काठमाडौं । एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपालसामु अफगानिस्तानले जितका लागि १०३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो।
नेपाली बलरहरूको उत्कृष्ट र कसिलो बलिङसामु अफगानिस्तानका ब्याटरहरू खुलेर खेल्न सकेनन्। अफगानिस्तानका लागि फैसल खान अहमदजई र नाजिबुल्लाह जादरानले सर्वाधिक समान ३०-३० रनको योगदान दिए।
त्यस्तै नाङ्गेयालिया खानले १५ बलमा अविजित १७ रन बनाए भने अन्य ब्याटरहरूले दोहोरो अङ्क समेत जोड्न सकेनन्। अफगानिस्तानका ओपनर मोहम्मद अकरम २ रन र हसन इसाखिल शून्य रनमै पभेलियन फर्किएका थिए।
नेपालका लागि कसिलो बलिङ गर्दै कुशल भुर्तेल र ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे। कुशल भुर्तेलले ४ ओभरमा १ मेडन ओभर राख्दै २१ रन दिएर सर्वाधिक ४ विकेट लिए। त्यसैगरी ललित राजवंशीले ४ ओभरमा १३ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट चट्काए।
नेपालका अन्य बलरहरूले विकेट लिन नसके पनि किफायती बलिङ गर्दै अफगानिस्तानलाई सस्तैमा रोक्न सहयोग पुर्याए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment