संयुक्त राष्ट्रसंघमा इजरायली प्रधानमन्त्रीको सम्बोधन धेरै देशले बहिष्कार गरे

डिसी नेपाल
९ असोज २०८३ १२:०७

काठमाडौं । संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सम्बोधन सुरु हुनासाथ धेरै देशका प्रतिनिधिहरू सभाकक्षबाट बाहिरिएका छन्।

न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको यस घटनापछि नेतन्याहूल आफ्नो सम्बोधनको सुरुवात कडा टिप्पणीका साथ गरेका थिए।

उनले आफ्नो भाषणको सुरुआतमै भने, “यदि नैतिकताका हिसाबले कायर मानिने अरू कोही व्यक्ति अहिलेसम्म यस सभाकक्षबाट बाहिर गएको छैन भने, कृपया अब बाहिर जानुहोस्।”

नेतन्याहू दाबी गरे, “जुन देशहरूले निजी रूपमा इजरायलको बचाउ गर्छन्, तिनै देशका प्रतिनिधिहरू संयुक्त राष्ट्रसङ्घको सभाकक्षबाट बाहिरिएका छन्।”

उनले यसलाई “आश्चर्यचकित पार्ने पाखण्ड (माइन्ड ब्लोइङ हिप्पोक्रेसी)” भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *