च्यासलमा मनोहरा खोलाको सन्त्रास: गृहमन्त्री सुधन गुरुङद्वारा बाढी क्षेत्रको स्थलगत अनुगमन
ललितपुर। अविरल वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा खोलामा पानीको बहाव अत्यधिक बढेपछि गृहमन्त्री सुधन गुरुङ बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पुगेका छन्।
मनोहरा र बागमती नदीमा पानीको जलस्तर बढेर नेकपा (एमाले) को केन्द्रीय कार्यालय परिसर तथा आसपासका बस्ती डुबानको उच्च जोखिममा परेपछि गृहमन्त्री गुरुङले सो क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

अनुगमनका क्रममा गृहमन्त्री गुरुङले तटीय क्षेत्रका बासिन्दाको सुरक्षा, सम्भावित जोखिम न्यूनीकरण तथा उद्धारका लागि सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन र आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment