हुम्लाका सातै गाउँपालिकामा कांग्रेसको अधिवेशन सम्पन्न, अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व

डिसी नेपाल
१० असोज २०८३ ६:४९

हुम्ला। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्ला जिल्लाका सबै सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति मोहनविक्रम सिंहका अनुसार जिल्लाका कुल ४४ वडामध्ये ४२ वडाको अधिवेशन पनि सफलताका साथ सम्पन्न भइसकेको छ।

गाउँपालिका अधिवेशनबाट प्रायः सबै स्थानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। जसअनुसार नाम्खा गाउँपालिकाको सभापतिमा पेमा लामा, सिमकोटमा बलवीर शाही, खार्पुनाथमा बसन्त शाही, ताँजाकोटमा रणबहादुर रिठाल, अदानचुलीमा जीवन बुढा र सर्केगाडमा सुवास रावत सर्वसम्मत चयन भएका छन्।

गाउँपालिका तथा वडा तहको अधिवेशन सम्पन्न भएसँगै अब जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको सभापति सिंहले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *