सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

डिसी नेपाल
८ फागुन २०७६ १३:४२

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडि बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ।

बिहीबारको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो।

नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बास्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडी बढउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भने।

कांग्रेसले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अगाडि नबढाउँसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेको हो। लगत्तै कांग्रेसका सांसदहरले उठेर विरोध जनाएका थिए।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको कुराकानी सार्वजनिक भएको छ। उक्त कुराकानीमा बाँस्कोटाले आफूले पाउने कमिसनको विषयमा कुराकानी गरेका छन्.।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *