संचारमन्त्रीको बचाउमा खुला रुपमा उत्रिइन् सांसद नवीना लामा

डिसी नेपाल
८ फागुन २०७६ १५:४४

काठमाडौं। संचारमन्त्री गोकुल बास्कोटाले कमिशन मागेको भनिएको अडियो सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भइरहेको छ । यही बीचमा संचारमन्त्री बास्कोटाले पदबाट राजीनामा समेत दिइसकेका छन् । चारैतिर यस विषयमा उनको विरोध भइरहँदा नेकपा सांसद नवीना लामा भने खुला रुपमा उनको बचाउमा उत्रिएकी छिन् । लामाले फेसबुकमा एक स्टाटस लेख्दै यो सबै नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज भएको उल्लेख गरेकी छिन् ।

लामाले लेखेकी छिन् –‘केवल श्रव्यसामग्रीको आधारमा मात्र कोही व्यक्तिलाई दोषी करार गर्ने कार्य देशमा स्थापित विधिको विपरित छ । कसैको पनि चरित्रहत्याको प्रयास गर्ने कार्य ग्राह्य हुँदैन । खाएको विष मात्र लाग्छ नखाएको विष लाग्दैन । सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा कमरेड विरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्राष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो । सत्यतथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौं ।’




प्रतिक्रिया

2 thoughts on “संचारमन्त्रीको बचाउमा खुला रुपमा उत्रिइन् सांसद नवीना लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *