नेविसंघको प्रदर्शनमा प्रहरीको लाठीचार्ज, महामन्त्री थपलियासहित दर्जन नेता घाइते

डिसी नेपाल
८ फागुन २०७६ १९:५५

काठमाडौं। घुस प्रकरणमा मुछिएका गोकुल बाँस्कोटामाथि कारबाही माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ। बिहीबार प्रदर्शनी मार्गमा नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको हो।

प्रहरीको लाठी चार्जमा परी संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्री उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, महामन्त्री युवराज पाण्डे, विद्यार्थी नेताहरु— सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायत दर्जनौं विद्यार्थीहरु घाइते भएका छन्।

घाइतेहरुको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। नेविसंघले बिहीबार नै त्रिभुवन विमानस्थलको मूल द्वारमा नेपाली विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गरेको थियो। प्रहरीले लाठीजार्च गर्दा त्यहाँ रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थीहरु घाइते भएको नेपाली काँग्रेसले जनाएको छ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको काँग्रेसले आरोप लगाएको छ। यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदाङ्गो बनाएको काँग्रेसको प्रतिक्रिया छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *