फूलको नन्दीदेखि चिलिम पहिरिएका बाबासम्म, १८ तस्वीरमा हेर्नुहोस् पशुपतिका रोचक दृश्य

डिसी नेपाल
९ फागुन २०७६ १३:३५

काठमाडौं। आज शिवरात्री, नेपालीहरुका आराध्यदेव पशुपतिनाथ मन्दिर परिरमा भक्तजनहरुको ठूलो घुइँचो छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रीका दिनमात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ । तस्वीरमा हेर्नुहोस् पशुपतिका रोचक दृश्य –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *