बाबाजीको ‘तोप’ पसलमा नेपालीदेखि गोरा पर्यटकसम्म ग्राहक, पशुपतिका ३५ फोटोहरु

काठमाडौं। आज शिवरात्री । हिन्दू धर्मावलम्बीहरुले धुमधामका साथ मनाउँदैछन् । आज पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो घुइँचो छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएका छन् । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रीका दिनमात्र पशुपति दर्शन गर्ने अनुमान गरिएको छ । पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ । पशुपतिमा गाँजाको व्यापार पनि राम्रो चलिरहेको छ । सरकारले यो दिन गाँजा प्रतिबन्ध लगाउने भने पनि गाँजाको सर्को तान्ने युवाहरुको लाम ठूलै छ । प्रहरीले पनि गाँजाको कारोबार ठप्प नै पार्ने गरी सक्रियता देखाएको पाइएको छैन । तस्वीरमा हेर्नुहोस् पशुपतिका रोचक दृश्य –

 

सबै तस्बीर : रमण मानन्धर/डिसी नेपाल

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position