काभ्रेको रोशीमा थर्पालिङ गुम्बा शिलान्यास

डिसी नेपाल
१९ फागुन २०७६ ११:११

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा–२ स्थित ठूलो गाउँमा जोक्पा छेन्पो थर्पालिङ गुम्बाको शिलान्यास भएको छ।

शनिबार काभ्रे निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य गंगाबहादुर तामाङ र आचार्य गुरु सर्वजीत लामाले उक्त गुम्बाको शिलान्यास गरेका हुन्।

गत वर्षबाट गुम्बा निर्माणको आरम्भमा जुटेको गुम्बाको शिलान्यासमा लामा गुरु आचार्यबाट प्रवचन गरी गुम्बा र बौद्ध धर्मको विशेषताबारे जानकारी दिएका छन् ।

गुम्बा निर्माणका लागि ठूलो गाउँ निवासी हर्कबहादुर लोप्चन र लालमान लोप्चनले ८/८ आना जग्गा दान गरेका थिए ।

निर्माण प्रक्रिया अगाडी बढाउन प्रदेश सांसद चन्द्र लामाको पहलमा बाग्मति प्रदेश विकास मन्त्रालय कार्यन्वयन ईकाई शाखाबाट रु. ४५ लाख बजेट विनियोजित भईसकेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर लोप्चनले बताएका छन्।

परिकल्पना तथा ३ तले गुम्बा निर्माण सम्पन्न गर्न रु. १ करोड ३६ लाख खर्च लाग्ने अध्यक्ष लामाले बताए ।

विसुन लोप्चन लामा धर्म गुरु तिब्बतबाट नेपाल आगमनको बेला बासास्थानको रुपमा बसोबास गर्दै आएको तामाङ राजाको इतिहास बोकेको सो स्थानमा गत वर्षबाट अभियान आरम्भ भएको थियो।

वि.सं. १४०१ सालमा स्थापित थर्पालिङ गुम्बा भत्किएर जीर्ण भएपछि सोही गुम्बाको आस्था र चिनारीका लागि हाल समिमित निर्माण भई गुम्बा पुनःनिर्माणको लागि जुटेको स्थानीयहरुले बताएका छन् ।

तामाङ समुदायको पर्व ल्होसारको अवसर परेर गुम्बा शिलान्यास भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य गंगाबहादुर लामा, विशेष अतिथिहरु प्रदेशसभा सदस्य काभ्रेका चन्द्र लामा र रत्न ढाकालले शुभकामना मन्तव्य राख्दै गुम्बा निर्माणमा सहयोग पुर्याउने बताएका थिए।

त्यस्तै कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडा, गायिका जीतु लोप्चन्, गायकहरु विशाल काल्तन, हावा लामा, प्रेम लामा, हास्य कलाकार गणेश राई, विश्वजीत देउजा, मोडल तथा कलाकार मन्सु लामा र यमुना रसालले विशेष प्रस्तुती दिएर मनोरञ्जन दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *