मन्त्री अर्याल सवार विमान दुर्घटनाबाट जोगियो

डिसी नेपाल
२२ फागुन २०७६ ११:०६

काठमाडौँ । भूमि व्यवस्था, सहकारी मन्त्री पद्मा अर्याल सवार यति एयरको विभान ठूलो दुर्घटनाबाट जोगिएको छ।

काठमाडौंबाट पोखराका लागि आज बिहान पौने ९ बजे उडेको यति एयरको विमान उडेको १० मिनेटमै प्राविधिक कारणले काठमाडौं विमानस्थलमै फर्केर आपतकालीन अवतरण गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता देव चन्द्र लालले डिसी नेपाललाई बताए ।

लालका अनुसार, विमानमा सवार सबै यात्रु सकुशल रहेको र मन्त्री अर्याल अर्को विमान प्रयोग गरेर पोखरातर्फ गएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *