ट्राफिकलाई घुस दिन खोज्ने एकजना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन्।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो।

उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए।

उनले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आईतबार राति ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त, कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position