काठमाडौँको बौद्ध स्तूपमामा सञ्चार केन्द्रद्वारा शान्तिको कामना

डिसी नेपाल
२६ फागुन २०७६ १०:१२

काठमाडौँ । सकारात्मक विकास सञ्चार केन्द्र (पिडीसिसी)ले विश्व श्रमिक महिला दिवसका अवसरमा विश्व सम्पदामा सूचिकृत बौद्ध स्तूपमा एक कार्यक्रम गरेको छ।

११० औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर केन्द्रले देश विदेशमा रहेका नेपाली नारीहरुको आत्मरक्षाको कामनासहित आफ्नो अधिकार सुनिश्चितता गर्न शान्तिको कामना गरेको हो ।

केन्द्रले उज्यालो परिवारमा नारीः सधैभरी अगाडी, लैंगिक समानताका लागि नारीलाई समान अवसर, नारी संसारको सृष्टीकर्ता, जीवनको रंग नै आमा हुन् लगायतका प्ले कार्डसहित प्रचारात्मक कार्यक्रम गर्यो ।

कार्यक्रममा सामाजिक सेवामा सक्रिय विद्यार्थी र युवाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भिम लामाले नेपालमा कानुनी रुपमा नारी अधिकारको सुनिश्चितता भए पनि त्यसको व्यवहारमा लागु गर्न नसकेको भन्दै राजनीतिक दलहरुलाई आरोप लगाएका छन् ।

अझै पनि राजनीतिक दलहरुले महिला नेतृत्वलाई समावेशीको रुपमा मात्र हेरेको र प्रत्यक्ष सहभागीता मूलक नेतृत्व प्रदान गर्न नसकेको बताए ।

अध्यक्ष लामाले संघीय संरचना अनुसार तीन तहको सरकार निर्माण भईरहँदा दलहरुले जन प्रतिनिधिको हिसाबले महिलालाई दोस्रो दर्जाकै रुपमा हेरेको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *