तुलसीपुरमा १०० श्ययाको अस्पताल बन्दै

डिसी नेपाल
१ चैत २०७६ १४:१४

तुलसीपुर। दाङको तुलसीपुरमा १०० श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालिले १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका सञ्चालक डा किशोर खत्रीले भने, “त्यसका लागि तुलसीपर उपमहानगरपालिका–९ बेलुवामा प्रक्रिया अघि बढिसकेको छ ।”

दाङका बिरामीलाई बाहिरी जिल्ला जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी सेवा दिने तयारी थालिएको उनको भनाइ छ । “अहिले दाङमा सुविधासम्पन्न अस्पताल नहुँदा उपचारका लागि बाहिरी जिल्ला सिफारिश भएर जानुपर्ने अवस्था छ”, उनले भने, “यसको अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।”

अहिले बालरोग विशेषज्ञ सेवा दिँदै आएको अस्पतालले ल्याब, आइसीयू, एक्सरे सेवा थप गरेको समेत बताए । डा खत्रीका अनुसार अब अस्पतालले सुत्केरी सेवा, जनरल मेडिसिन, गर्भ जाँच, पाठेघर तथा महिलामा सेतोपानी बग्ने, बेहोस बनाएर उपचार गर्नेलगायतका सेवाहरु शुरु भएका छन् ।

बालरोगमा स्थापित अस्प्ताल

नवजात शिशुका लागि दाङमा उपचार थिएन । दाङबाट उपचारका लागि नेपालगञ्ज, बुटवललगायतका शहरमा जानुपर्थ्यो । यसले दाङवासीलाई मात्रै साविक राप्तीका पहाडी जिल्लाका बिरामीलाई सास्ती थियो । यसैलाई मध्यनजर गरी विसं २०७१ मा तुलसीपुरमा तुलसी अस्पताल सञ्चालनमा ल्याइयो ।

त्यसपछि भने बालरोगका समस्या क्रमशः हट्दै गएको तुलसी अस्पतालका सञ्चालक तथा बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताए । “नवजात शिशुका लागि दाङमा बालरोग विशेषज्ञसहितको सेवा थिएन, त्यसले गर्दा धेरै शिशुको अकालमै मृत्यु हुने गथ्र्यो”, उनले भने, “तर हामीले सेवा शुरु गरेपछि त्यो अवस्था अन्त्य भएको छ, साविक राप्ती अञ्चलसहित विभिन्न जिल्लाका बालबालिकालाई हामीले सहज सेवा दिन सफल भएका छौँ ।

“कुनै समय बिरामी पर्दा बालकालिकालाई तुलसीपुरबाटै काठमाडौँ, नेपालगञ्ज लैजाने गरिन्थ्यो”, उनले भने, “तर अहिले त्यो समस्या छैन ।” “हामीले आइसियूसहितको एम्बुलेन्स सञ्चालनमा ल्यायौँ”, उनले भने, “त्यसले धेरै सेवा दिएको छ, अहिले नेपालगञ्ज र भारतको लखनउबाट समेत सेवा प्रदान गर्दै आएका छौँ ।” उनले अब सर्जरी, न्यूरोसर्जनसहितको सेवा दिने गरी तयारी थालिएको समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *