सौराहामा बन्ने भयो रु ३५ करोडको लगानीमा सिटीहल

डिसी नेपाल
५ चैत २०७६ ९:०५

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ। रु ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए।

उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने बताए। रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए ।

सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे।

रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण शुरु गरेको हो।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण, उपप्रमुख विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *