चितवन लकडाउन, जिल्ला बाहिरका सार्वजनिक सवारी साधनमा रोक

डिसी नेपाल
१० चैत २०७६ १७:००

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन बाहिरी जिल्लाबाट आएका सार्वजनिक सवारीसाधनलाई चितवन प्रवेशमा रोक लगाइएको छ ।

सरकारले सोमबारदेखि लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएपछि अन्य जिल्लबाट आएका सार्वजनिक सवारी साधनहरुलाई चितवन प्रवेशमा रोक लगाइएको हो ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरि बाहिरी जिल्लाबाट आएका यात्रुबाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लीङ र मौवा खोलामा चेकप्वाइन्ट राखेर अन्य जिल्लाबाट आएका सार्वजनिक सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको हो ।

निजी सवारी साधन र मालवाहक साधनहरु भने सञ्चालन गर्न दिइएको छ । त्यस्तै चितवनबाट बाहिरी जिल्लाका लागि छुट्ने लामो दुरीको सार्वजनिक सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *