दक्षिणकालीमा नातिको खुकरी प्रहारबाट बृद्ध हजुरबा, आमा गम्भीर घाईते

डिसी नेपाल
११ चैत २०७६ १३:४९

काठमाडौं। काठमाडौको दक्षिणकाली–४, बाँसबारीमा खुकुरी प्रहारबाट बृद्ध दम्पत्ति गम्भीर घाईते भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार आफ्नै नातिले हजुर बा हजुर आमालाई खुकुरी प्रहार गर्दा ८१ वर्षीय कृष्ण मगर र ८१ वर्षकै मीश्री मगर गम्भीर घाइते भएका हुन्।

खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्ध दम्पतीद्वयको ट्रमा सेन्टरमा उपचार भइरहेको र दुवैजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। १९ वर्षीय विजय मगरको खुकुरी प्रहारबाट छिमेकी ५० वर्षीय कान्छा श्रेष्ठ पनि गम्भीर घाइते भएका छन्। श्रेष्ठको भने मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गरेर फरार रहेका विजय मगरलाई प्रहरीले मंगलबार बिहान एक बजे ललितपुरको बुंगमतीबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार सोमबार अपरान्ह चार बजे घरमै छिमेकी श्रेष्ठसँग गफ गरिरहेका वृद्ध दम्पतीलाई मगरले एक्कासी खुकुरी प्रहार गरेका थिए।

घाइते तीनै जनालाई प्रहरीले तत्काल उद्दार गरेर अस्पताल पुर्‍याएको थियो । सानैमा बुबा गुमाएका विजयलाई आमाले पनि सानैमा छाडेर अर्कैसँग विवाह गरेर गएकी थिइन्। टुहुरो बनेका विजयलाई हजुरबुबा र हजुरआमाले हुर्काएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *