अष्ट्रेलियाबाट नेपाली विद्यार्थी फिर्ता हुन चाहे शुल्क फिर्ताको माग
काठमाडौँ । शैक्षिक परामर्श सेवा सञ्चालकका विभिन्न संस्थाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीले कोरोना भाइरसको प्रभावका कारण स्वदेश फिर्ता हुन चाहेमा शुल्क फिर्ता गर्न सम्बन्धित विश्वविद्यालयसँग माग गरेका छन्।
शैक्षिक परामर्श सङ्घ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेसहित परामर्शदायी संस्थाका सञ्जालहरु फेकन, आइरिन, नायर र एकाका प्रतिनिधिले विज्ञप्ति जारी गरी नेपालस्थित अष्ट्रेलियन राजदूत, भारतस्थित अष्ट्रेलियन हाइ कमिसन, अष्ट्रेलियन शैक्षिक प्रदायक संस्था, अष्ट्रेलियन समुदाय, अष्ट्रेलियास्थित नेपाली दूतावास तथा अन्य सरोकारवालाले नेपाली विद्यार्थीलाई सहुलियत दिन माग गरेका हुन्।
ती संस्थाले सन् २०२० को फेब्रुअरी र मार्च महिनाको इन्टेक स्थगन गर्न वा एक वर्षको समय दिएर अर्को इन्टेकमा भर्ना गर्न आग्रह गर्दै यस अवधिमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा ट्युसन शुल्कमा २५ प्रतिशतसम्म छुट दिन माग गरेका छन्।
यसैगरी स्थगन भएको पढाइ पूर्ति गर्न अनलाइन शिक्षा दिन, विद्यार्थीको प्रवेशाज्ञा अवधि नौ महिनासम्म बढाउन, वित्तीय अनुदान प्रदान गर्न र स्वास्थ्य सुविधा दिन पनि आग्रह गरिएको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment