कोरोनाभाइरसः विश्वमा ४२ हजारको मृत्यु र आठ लाख ६० हजारबढी सङक्रमित

डिसी नेपाल
१९ चैत २०७६ २०:०४

पेरिस । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको विश्वव्यापीे प्रकोपका कारण बुधबारसम्म विश्वभर मृत्यु हुनेको सङ्ख्या ४४ हजार १५० पुगेको छ । संसारभर आठ लाख ८२ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका विभिन्न मुलुकबाट एएन्आईलाई प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटलीमा एक लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ । यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख दुई हजार १३६ कुल सङ्क्रमित भएका छन् भने नौ हजार ५३ को मृत्यु भएको छ । यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा एक लाख ८८ हजार ८८१ कुल सङ्क्रमित भएका छन् भने चार हजार ६६ को मृत्यु भएको छ भने सात हजार २५१ निको भएर फर्किएका छन् । चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ । यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८रहेका छन् ।

फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने तीन हजार व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ । बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ । जर्मनीमा ७३ हजार २१७ कुल सङ्क्रमित भएका छन् भने ८०२ को मृत्यु भएको छ । यसैबीच १६ हजार १०० निको भएको बताइएको छ ।

यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा सङ्क्रमण रहेको छ भने भारतमा एक हजार ६३७ सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ रहेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एशियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *