अधिकृत क्याडेटलाई दर्जानी चिन्ह

डिसी नेपाल
२६ चैत २०७६ १९:५०

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद) प्रदान गरेका छन्।

उक्त समूहमा ४ विदेशी, १४ महिला र १ सय १४ पुरुष प्रशिक्षार्थी सहभागी भएका थिए। सोही प्रतिष्ठानमा सञ्चालित ४८औं समूहको पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका १८ प्रशिक्षार्थीलाई पनि त्यस अवसरमा सहायक सेनानी पदको दज्र्यानी प्रदान गरियो । मित्रराष्ट्र श्रीलङ्कामा सञ्चालित सोही स्तरको तालीम पूरा गर्ने दुईजना प्रशिक्षार्थी पनि अधिकृत भएका छन् ।

सो अवसरमा प्रधान सेनापति थापाले ५८औँ समूहको अधिकृत क्याडेट तालीममा प्रथम हुने सुरेन्द्रबहादुर बोहरा तथा सि.सं. ४८ पदिक र हुद्दा अधिकृत क्याडेट तालीमका सर्वोउत्कृष्ट प्रशिक्षार्थी सन्तमान श्रेष्ठलाई सम्मानस्वरुप खड्ग प्रदान गरियो ।

महिलातर्फ कृपा अधिकारी र अन्तर्राष्ट्रिय प्रशिक्षार्थीतर्फ केन्याका किप्किरुई राट्टो बेनार्डलाइ उत्कृष्ट अधिकृत क्याडेट सम्मान प्रदान गरियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवआयुक्त अधिकृतलाई पठाएको सन्देश प्रधानसेनापति थापाले पढेर सुनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.