उपत्यकामा ५ सय १८ बेडको क्वारेन्टिन तयार, तारे होटल, रिसोर्ट र होमस्टेबारे सोच्दै सरकार

डिसी नेपाल
३० चैत २०७६ १६:१४
4
Shares

काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ।

कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको बताए।

मन्त्री मानन्धरले उपत्यकामा क्वारेन्टिन व्यवस्थापनलाई चुस्त बनाउनका लागि अनुगमन गरिएको बताए। साथै सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टेसमेतलाई क्वारेन्टिन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ।

यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परेपनि तत्काल निर्माण गर्न सकिन्छ। मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा रहेका ठूला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताए।

मन्त्री मानन्धरका अनुसार पाँच स्थानमा तयारी हालतमा रहेका क्वारेन्टिनको व्यवस्थापनका लागि आवश्यक हजिकरण गरिएको बताए।

मन्त्री मानन्धरका अनुसार पशुपतिको धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ। यस्तै ललितपुरको स्टाफ कलेजमा सय बेड क्षमता रहेको छ। स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको मन्त्री मानन्धरले बताए। यस्तै भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ।

खरिपाटीमा २०८ र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए।

अनुगमनका क्रममा खरिपाटी र तेलकोटको क्वारेन्टिनमा सबै पुर्वाधार तयारी अवस्थामा रहेको बताउँदै मन्त्री मानन्धरले अन्य स्थानमा पनि सामान्य सुधार गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा स्थानीय तहहरुले पनि क्वारेन्टिन बनाएको बताउँदै सबै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन सञ्चालनको सहजिकरण सरकारले गर्ने बताए।

मन्त्री मानन्धरले स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टिन मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा सहजिकरण शुरु गरेका छन्।  सरकारले नागरिकको जीवन रक्षाका लागि हर तरहको प्रयास जारी राखेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.